काठमाडौँ । संसद् बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद्हरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराइरहेका छन् ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसद्हरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ ।
सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसद्हरूले अहिले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । यहीक्रममा सभामुख सापकोटाले संविधानको धारा १०५ स्मरण गराइरहेका छन् ।
नेपालको संविधानको धारा १०५ मा लेखिएको छ– नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तगा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर, महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पु(याएको मानिने छैन ।