काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै छ ।
सत्तारूढ गठबन्धनकै एक दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग‘प्रचण्ड’को भेटपछि फातिमाको टोलीले प्रधानमन्त्री देउवालाई आजै भेट्न लागेको हो ।
प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा छन् भने सत्तारूढ गठबन्धनकै दलहरु माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् ।
यही कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । सत्तारूढ दल जनता समाजवादी भने एमसीसीको विषयमा सकारात्मक देखिएको छ ।