महाधिवेशन रोक्न माग गर्दै कांग्रेस सांसद् वैद्यले दायर गरेको रिट सर्वोच्चद्वारा खारेज

178

काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद् नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।

कोरोना भइरसको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४औँ महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...