प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

445

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

बिहीबार बिहान नेपाली कांग्रेसबाहेकको सत्तारुढ दलको छलफल भएको थियो । प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको हो । भेटमा तीन नेताबीच संसद् बैठक सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।

यस्तै, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रचण्डले यिनी विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार गएको श्रोतले जानकारी दियो ।

Share This:
सम्बन्धित खबर
Loading...