नेकपा (एस)को सांसद् कायम गराउन माग राख्दै दायर रिट सिन्हाको इजलासमा

421

काठमाडौँ । नेकपा (एमाले)का सांसद् सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को संसद्‌मा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ । रिट सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ ।

बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्चमा रिट दिएका थिए । आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उनीहरु सर्वोच्च गएका हुन् ।

रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् । रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरेका छन् ।

निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरु पछि सनाखतको समयमा भने उपस्थित भएका थिए । आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...