काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पाँच दलीय बठबन्धनबाट लोकतन्त्रको रक्षा हुन्छ भनेर भर पर्न नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकअघि बसेको एमाले संसदीय दलको बैठकमा सांसद्हरुलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएका तत्वहरु अहिले सक्रिय भएको र उनीहरुको गठबन्धनमा संलग्न रहेको आरोप लगाए ।
“यो गठबन्धनमा अनेक तत्वहरु रहेका छन् । आफ्ना स्वर्थका लाग जे गर्नपनि तयार हुने र कुनै दृष्टिकोणविहीन तत्व रहेका छन्,” ओलीले भने,“यिनीहरुबाट लोकतन्त्रको रक्षा हुन्छ भनेर भर पर्न सकिँदैन ।”