नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हरायो

150

काठमाडौँ । पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी भएको छ । १३५ रनको सामान्य रनको लक्ष्य पाएको नेपालले ३३.३ ओभरमा पूरा गर्दै सिरिजमा १–० को अग्रता लिएको हो ।

नेपालको जितमा रोहितकुमार पौडेल ४१ र सोमपाल कामीले २२ रनको अविजित योगदान दिए । पौडेलले ६५ बलमा २ चौकसहित ४१ रन बनाए ।

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे पनि मध्यक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा नेपालको इनिङ धराशायी बनेको थियो । शेख र भुर्तेलले आउट हुनअघि व्यक्तिगत ३० र १५ रनको पारी खेलेका थिए ।

यस्तै, आरिफ शेखले ९, कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले समान ६–६ रन जोडे ।

यसअघि, ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको थियो ।

पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बलमा सो रन बनाएका थिए । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए ।

पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालकासन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...