एमसीसी पास गराउने खेलमा लागे सांसद्लाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

587

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै खारेज गर्न माग गरेको हो ।

एमसीसी षड्यन्त्रपूर्ण ढंगले पास गराउने खेलमा लागे पास गराउन भूमिका खेल्ने सांसद्हरुको पहिचना गरी क्षेत्र–क्षेत्रबाट लखेट्ने चेतावनी समेत समितिले दिएको छ । “खबरदार दलालहरु होसियार २१औँ शताब्दीमा जनतालाई झुक्याउने प्रयास नगर्नुहोस् तपाईंहरुकै पटक–पटक बदमासीको कारण सबै जनता चलाख बनिसकेका छन् ,” विज्ञप्तिमा भनिएको छ,“तपाईंहरुले जे–जे बदमासी गरेपनि आम नागरिकले सहनु पर्ने हो त ? अब कहिलेसम्म सहने सरकार ? अब अति भएन र ? राष्ट्रघाती एमसीसी षड्यन्त्रपूर्ण ढंगले पास गराउने खेलमा लाग्नुभयो भने जनमुक्ति सेना चुप लागेर बस्नेछैन, एमसीसी पास गराउन भूमिका खेल्ने सांसद्हरुको पहिचना गरी क्षेत्र–क्षेत्रबाट भ्याकुर लखेटे झैँ लखेट्ने छौँ ।”।

समितिले गृह मन्त्रालयद्वारा जारी धम्कीपूर्ण विज्ञप्तिप्रति पनि आपत्ति जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...