बालगोपाल महर्जन नेपाल यू–२३ को प्रशिक्षक नियुक्त

372

काठमाडौँ । बालगोपाल महर्जन नेपाल यू–२३ पुरुष फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षकसमेत रहेका महर्जनलाई नेपाल यू–२३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि महर्जनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो ।

यस्तै, महर्जनकै पशिक्षणमा नेपाल यू–२३ टोलीले घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक हासिल गरेको थियो ।

महर्जनले टोलीलाई एएफसी यू–२३ एसिया कप छनोटका लागि प्रशिक्षण गराउने छन् ।

समूह‘बी’मा रहेको नेपालले इरान, लेबनान र ताजकिस्तानको सामना गर्ने छ । नेपालले पहिलो खेल २५ अक्टोबरमा इरानसँग, २८ अक्टोबरमा ताजकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...