ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको सुनुवाइ फेरि स्थगित

356

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको भएपनि निवेदकका तर्फबाट कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न अनुरोध गरेपछि आज सुनुवाइ हुन नसकेको हो ।

उक्त रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक–पटक स्थगित हुँदै आएको थियो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थिए ।

तर, मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइ भने विभिन्न कारणले स्थगित हुँदै आएको छ ।

नेपाल २०६६ र २०६७ सालमा प्रधानमन्त्री थिए । भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए ।

Share This:
सम्बन्धित खबर
Loading...