ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गरिएको रिट सुनुवाइमा

175

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीससहित मुद्दा चलाउन आदेश माग गरिएको मुद्दा पेसीमा चढेको छ ।

सोमबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी चढेको हो । मुद्दामा पेसीको दोस्रो नम्बरमा रहेको छ । अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने भनि गरेको निर्णय बदर गर्दै पुरक मुद्दा चलाउन माग गरेको छ ।

उनीहरुले नीतिगत निर्णय मात्र भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो । विशेष अदालतमा पेस गरेको अभियोग पत्रमा पनि सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारले उल्लेख गरेको छ ।

पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरुकै नेतृत्वमा भएको दाबी रिटमा गरिएको छ । यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न लिखित जबाफ झिकाउने र निर्णय निर्णय झिकाउने आदेश भएको छ ।

नेपाल २०६६ र २०६७ सालमा प्रधानमन्त्री थिए । भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए ।

Share This:
सम्बन्धित खबर
Loading...