अछाममा १२ जना जनप्रतिनिधिले गरे नेकपा (एस)मा सनाखत

339

अछाम । अछाममा हालसम्म १२ जना जनप्रतिनिधिहरुले नेकपा एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।

निर्वाचन कार्यालय पुगेर आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडाध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।

साँफ्बगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्र्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् ।

साँफेबगर नगरपालिकामा एमालेबाट विजयी ८ वटै वडा अध्यक्षहरुले भने मूल पार्टीमै रहेको भन्दै शुक्रबार विज्ञप्ति प्रकाशित गरिसकेका छन् ।

अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष भीम रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा एमालेमै रहेका छन् ।

राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, अछाम–२ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउद र दुर्गा कामीले नेकपा समाजवादी रोजिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...