एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँण मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

747

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाँण खेल हेर्न मैदान पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल ११ को बराबरीमा सकिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...