नेपाली महिला टोलीले घरेलु मैदानमा बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने

644

काठमाडौँ । आगामी भदौ २४ र २७ गते दशरथ रंगशालमा नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार नेपाली महिला फुटबल टिम र बंगलादेशका महिला फुटबल टिमले रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो ।

रंगशालामा खेल हेर्न चाहने दर्शकले साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सयको टिकट लिने व्यवस्था गरिएको छ । तोकिएको मूल्यको टिक प्रभु पेबाट काट्न सकिने छ । नेपालसँग मन्त्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको टिम भोलि नेपाल आइपुग्ने छ ।

नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ । आगामी महिना उज्वेकिस्तानमा छनोट प्रतियोगिता हुँदै छ । उक्त छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्ने छ ।

असोज २ मा पहिलो खेल फिलिपिन्ससँग खेल्ने नेपाली टिमले हङकङसँग असोज ५ मा दोस्रो खेल खेल्ने छ । तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...