एकीकृत समाजवादीले तोक्यो प्रदेश इञ्चार्ज

347

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्ज तोकेको छ ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी र पदाधिकारी चयन नभएसम्मका लागि जिम्मेवारी तोकिएको हो ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपनी)अनुसार माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटीमा छन् ।

यस्तै, प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथप्रसाद साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशको इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी, कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला छन् भने सुदूरपश्चिम प्रदेशको इञ्चार्ज तोकिएको छैन ।

उपत्यका प्रदेशको इञ्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष इञ्चार्जको जिम्मा विजय गुरुङलाई तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...