बेदुराम भुसालले पाए नेकपा (एस)को महासचिवको जिम्मेवारी

336

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ ।

नेकपा (एस) गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँच जनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् ।

पार्टी विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन् । केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका हुन् ।

सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन् ।

Share This:
सम्बन्धित खबर
Loading...