काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को धारणा माग गरेका छन् ।
शनिबार नेकपा एमालेको काठमाडौँ महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसीबारे देउवा र प्रचण्डको धारणा माग गरेका छन् ।
एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले कही नभनेको भन्दै आक्रोश पोखे ।
“एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नु पर्दैन एमसीसी के गर्ने ? प्रचण्डजीले बोल्नुपर्दैन के गर्ने ? उहाँहरु चुपचाप छन्,” उनले भने ।
“चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुसी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्यो,” उनले भने,“मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।”
सरकारले भारत र चीनसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए ।a