कुजु नेपाल प्रालिले गर्‍यो शंखमुल फुटसललाई प्रायोजन

306

काठमाडौँ । आगामी असोज २ गतेदेखि असोज २३ गतेसम्म पोखरामा पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिता आयोजना हुँदै छ ।

उक्त फुटसल लिगमा शंखमुल फुटसललाई कुजु नेपाल प्रालिले प्रायोजन गर्ने भएको छ । प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो ।

एन्फा फुटसलका प्रमुख विनोद गुरुङको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ, सम्राट पाण्डे र शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी रहेका छन् ।

कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगदसहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो ।

कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।

शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हासिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताए ।

एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...