वामदेव गौतमद्वारा एमाले परित्याग, केन्द्रीय कार्यालय पुगेर दिए राजीनामा

444

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर गौतमले राजीनामा बुझाएका हुन् ।

स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाएका छन् ।

गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर घर फर्किएका छन् ।

एमाले विभाजित भएपछि तटस्थ बसिरहेका गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तिर जाने तयारी गरिरहेका छन् ।

२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...