बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

363

काठमाडौं । बागमती पदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

नेकपा एमालेका १२ जना प्रदेशसभा सांसद्हरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ जना सांसद् छन् । प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसद्को साथ चाहिन्छ ।

१२ जना सांसद्ले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद् मात्रै बाँकी रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...