गठबन्धनको बैठक जारी, मन्त्रालय भागबन्डाबारे छलफल

344

काठमाडौं । मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

आइतबार बिहान र साँझ दुईपटक बैठक बसेपनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपटि अहिले पुनः गठबन्धनका नेताहरुको बैठक बसेको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताएका छन् ।

गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरुको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई आइताबारै दिइसकेको छ । यस्तै, जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...