क्रिकेट टोलीका प्रशिक्षक वाटमोरले दिए राजीनामा

319

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए ।

प्रशिक्षक वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए ।

चन्दले ओमान भ्रमणपछि प्रशिक्षकले पद छाड्ने जानकारी दिएको बताएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनीविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसिसी विश्वकप क्रिकेट लिग–२ को खेलका लागि ओमानमा छ ।

वाटमोरको राजीनामाले ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।

वाटमोर डिसेम्बर २०२० मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २०२१ जनवरीबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...