लेस्टर सिटीलाई पराजित गर्दै वेष्ट हाम शीर्ष स्थानमा

213

एजेन्सी । इंग्लिस प्रिमियर लिग (इपिइल) मा वेष्ट हाम युनाइटेडले सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा वेष्ट हामले १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै वेष्ट हाम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा १–० को अग्रता लिएको वेष्ट हामले दोस्रो हाफमा थप ३ गोल गर्यो ।

खेलको २६औँ मिनेटमा पाल्बोले गोल गर्दै वेष्ट हामलाई अग्रता दिलाए । पहिलो हाफको ४०औँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा आयोजे पेरेजले रातो कार्ड व्यहोर्दै बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भयो ।

५६औँ मिनेटमा बेनराहमाले गोल गर्दै अग्रता दोब्बर बनाए । ६९औँ मिनेटमा यौरीले गोल गर्दै दूरी २–१ मा झारे । तर, खेलको ८० र ८४औँ मिनेटमा मिखाइल एन्टानियोले व्यक्तिगत दुई गोल गर्दै खेल ४–१ को स्थितिमा पुर्याए ।

जितसँगै वेष्ट हाम इपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पराजित लेस्टर सिटी भने २ खेलबाट ३ अंकसहित १२औँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...