नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

303

काठमाडौं । नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सी डिजाइनका लागि खुला गरिएको आह्वानमा आदर्श पोखरेलको डिजाइन छानिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एटिएम)ले खुला गरेको प्रतिस्पर्धाबाट उत्कृष्ट डिजाइन बनाउनेले एक लाख रुपैयाँ पाउने गरी गत जेठ ३१ गते आवेदन आह्वान गरेको थियो ।

क्यानका अनुसार ५ सय वटा डिजाइन आएको थियो । जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, म्यानेजर बिनोद दास र स्पोन्सरका प्रतिनिधि रहेको थिए ।

उत्कृष्ट डिजाइन गरेका पोखरेलले नगद १ लाख रुपैयाँ पाएका छन् । जर्सीमा रातो र निलो रंग प्रयोग भएको छ । नयाँ जर्सी नेपालले ओमन भ्रमणमा लगाउने छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २० सम्म चल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...