कोही पनि पार्टी विभाजनको पक्षमा नजाऔँ : योगेश भट्टराई

278

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कसैलाई पनि विभाजनको पक्षमा नजान आह्वान गरेका छन् ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि प्रतिक्रिया दिँदै उनले पार्टीमा फर्किएमा कसैमाथि अन्याय नहुने बताए ।

“म यहाँमार्फत भन्न चाहन्छु । देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरुलाई, हामी कोही पनि विभाजनको पक्षमा नजाऔँ । एकताको पक्षमै कायम होऔँ,” उनले भने ।

यस्तै, भट्टराईले वरिष्ठ नेता माधव कुमार नेपाल हतारिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएको बताए । उनले आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय गरेको आरोप पनि लगाए ।

“उहाँले हतारमा, स्थायी कमिटीको टिम जो उहाँसँग रह्यो त्यो टिमसँग निर्णायक छलफल नगरिकन, उहाँसँग रहनुभएका केन्द्रीय कमिटीका सदस्यसँगको छलफलले गरेको क्यान्डेट बाहिर जानुभयो । केन्द्रीय कमिटीसँग छलफल नगरेर उहाँले हतार गर्नुभयो,” भट्टराईले भने ।

Share This:
सम्बन्धित खबर
Loading...