मेवाहाङ भाषाको गीत ‘शिली बामानुङ’ सार्वजनिक [भिडियो]

371

काठमाडाैं । किरात मेवाहाङ याखोम्माको प्रस्तुतिमा ‘शिली बामानुङ’ बोलको मेवाहाङ भाषाको गीत सार्वजनिक भएको छ ।

गीतमा अमर मेवाहाङ, सहस्रा राई, सबिता राई र युनिस मेवाहाङको स्वर रहेको छ । युनिस मेवाहाङ र अमर मेवाहाङको उक्त गीतमा शब्द र संगीत रहेको छ । स्टुडियो किङमा रेकर्ड गरिएको गीतको संगीत संयोजन कृष्णभक्त राईले गरेका हुन् ।

गीत मैलिक भेषभुषा र भाषामा आधारित रहेको छ । भिडियोमा किरात मेवाहाङ याखोम्माको विभिन्न क्रियाकलाप झल्काउने तस्बिर र भिडियोहरु देख्न सकिन्छ ।

गीत ‘युनिस मेवाहाङ’ युट्युबच्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...