काबुल । काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चार माध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन् ।
काबुलको विमानस्थलमा अझै पनि अमेरिकी नेतृत्वको उद्धार समूहले काम गरिरहेको र अपहरणबारे आएका सूचना फगत हल्ला मात्र भएको ती अधिकारीले बताए ।
“अपहरणबारे रिपोर्ट एउटा हल्ला हो । तालिबान सदस्यहरुले सबै विदेशी नागरिकलाई विमानस्थलमा पहुँच प्राप्त गर्न मद्धत गरिरहेका छन् । हामी विमानस्थलमा पुग्न सबै विदेशीहरुलाई सुरक्षित मार्ग प्रदान गर्न कटिबद्ध छौँ,” तालिबानका प्रवक्ता अहमद उल्लाह वासेकले स्थानीय समाचार संस्था इटललाटरोजलाई बताए ।
तालिबानले आइतबार आफगानको राजधानी कब्जा गरेलगत्तै हजारौँ अफगानीहरु देश छोड्ना काबुल विमानस्थल पुगेका छन् ।
हवाई उडान प्रक्रियामा सहयोग गर्न काबुल विमानस्थलमा करिब ५ हजार अमेरिकी सेना खटाइएको छ ।