अजय शाही भन्छन्,‘म स्वतन्त्र सांसद् हुँ, एमालेको कारबाहीको औचित्य छैन’

389

बुटवल । नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद् तथा बिनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक साक्षात्कारमा शाहीले एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेशसभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको कुरा कानुनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको पनि बताए ।

शाहीले निर्वाचनमा हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच २०७४ असोज १६ गते भएको राजनीतिक सम्झौताअनुसार सूर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रुपमै चुनाव जितेको दाबी गरे ।

साक्षात्कारमा नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभा विधि र कानुन सम्मत नचलेसम्म प्रदेशसभा अबरुद्ध गरिरहने बताए ।

सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रुपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारबाही नहुनु विधि सम्मत नरहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...