नाजिर र गृष्माको अभिनयमा ‘तिम्रै लागि’ सार्वजनिक [भिडियाे]

139

काठमाडौं । संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो सार्वजानिक भएको छ ।

गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुईजना केटा केटीबीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रातर्फ डोहोर्याउँछ ।

गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिने देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...