काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप भएको छ । शुक्रबार दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।
सत्तारुढ नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप हुँदा १७ जान घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।
नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।