विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम रिहा

228

काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाइपछि नेपालगञ्जबाट रिहा भएका हुन् । बमलाई बिहीबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो ।

विप्लव नेकापाकाअनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरी करिब १ सय जन जेलबाट छुट्न बाँकी छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयनमा जोड दिँदै आएको छ ।

महासचिव विप्लवसहितका नेताले नयाँ सरकार गठन भएसँगै आफ्ना नेता कार्यकर्ता छुटाउन दलका नेताहरुसँग भेटवार्ता गरेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...