काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालले निर्वाचन अयोगमा बिहीबारनै नेकपा एमाले (समाजवादी) को नाम परिवर्तन गरी पार्टी दर्ताको निवेदन दिएको पाइएको छ ।
नेपाल पक्षका एक केन्द्रीय सदस्यले बिहीबार निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता भएको बताए । निर्वाचन आयोगले एमाले नाम राख्दा मूल पार्टीसँग जुध्ने भन्दै फरक नाम ल्याउन सुझाव दिएको थियो । लगत्तै उनीहरुले एमाले हटाएर समाजवादीका लागि निवेदन दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेको थियो । त्यसक्रममा दलको नामा नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको थियो । तर, चुनाव चिन्ह अन्य दलसँग जुधेपछि पछि निर्णय गरिने उक्त पक्षका नेताहरुले जनाएका थिए ।
तर, नेकपा एमालेसँग नाम जुधेको भन्दै आयोगले नाम फेर्न नेपाल पक्षसँग भनेको थियो । त्यसपछि नेकपा एमाले समाजवादीको नाम फेरेर नेकपा समाजवादी दर्ता गरिएको केन्द्रीय सदस्य निरुदेवी जैरुले जानकारी दिइन् ।