सरकारको आर्थिक सल्लाहकारमा सुरेन्द्र उप्रेती नियुक्त

396

काठमाडौं । अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.सुरेन्द्र उप्रेती नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्यमन्त्री सरहको नियुक्ति दिएको हो ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रुपमा काम गरेका थिए ।

जनार्दन शमा अर्थमन्त्री भएपछि उनले मन्त्रीको सल्लाहकारका रुपमा बाहिरबाट हेर्दै आएका थिए ।

श्वेतपत्र लेखन जस्ता काममा मन्त्रीलाई उनले सहयोग समेत गरेका थिए । उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रुपमा पनि काम गरेका छन् ।

जनार्दन शर्मा ऊर्जामन्त्री रहँदा बुढीगण्डकी जलविद्युत् आयोजना, नलसिंहगाड जस्ता ठुला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...