२४ घन्टामा थपिए ३,३७४ संक्रमित, २७ जनाकाे मृत्यु

काेराेना अपडेट

370

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार २७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ५६५ आरटी पिसिआर र ६ हजार १२४ एन्टिजेन गरी कुल १७ हजार ६८९ जनामा परीक्षण गरिएकोमा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा, ३ हजार २९६ संस्थागत आइसोलेसनमा र ४१५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९० जना र भेन्टिलेटरमा १९१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

No photo description available.
Share This:
सम्बन्धित खबर
Loading...