दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

229

काठमाडौं । नेकपा (एमाले)ले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले हठात् संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादे ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने बताए ।

“संसद् अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलका नेकी अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रमता भित्र्याउने तयारी जुन गरिएको छ,, यो विषय अन्त्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ,” ज्ञवालीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...