पहिलो टेष्टमा पाकिस्तानमाथि वेष्ट इन्डिजको रोमाञ्चक जित

297

काठमाडौं । टेष्ट च्याम्पियनसीप (२०२१–२०२३) अन्तर्गत पाकिस्तानविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी भएको छ ।

खेलको चौथे दिन पाकिस्तानले दिएको १६८ रनको लक्ष्य वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा भेट्टाउँदै १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

वेष्ट इन्डिजको जितमा जर्माइन ब्ल्याकवूडले ५५, केमार रोचले ३०, रोस्टन चेसले २२ तथा ज्यासन होल्डरले १६ रनको योगदान दिए ।

पहिलो पारीमा वेष्ट इन्डिजले २५३ रन बनाएको थियो ।

पहिलो पारीमा वेष्ट इन्डिजसँग ३६ रनले पछि परेको पाकिस्तानले दोस्रो इनिङ्समा २०३ रन बनाउँदै १६८ रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानका बाबर आजमले ५५, अबिद अलीले ३४, मोहम्मद रिजवानले ३०, हसन अलीले २८ तथा अजर अलीले २३ रनको पारी खेले ।

वेष्ट इन्डिजका जेडेन सिल्सले ५ तथा केमार रोचले ३ विकेट लिए ।

पाकिस्तानले पहिलो पारीमा फवाद आलमको ५७ र फहीम अस्रफको ४४ रनको सहयोगमा २१७ रन बनाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...