काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज नै केन्द्रीय समितिको बैठक सक्ने तयारी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले सकभर आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने समझदारी गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले केन्द्रीय समितिका समूहगत छलफलको सुझाव प्रस्तुत हुने, प्रतिवेदन पारित हुने र प्रचण्डको सम्बोधन पछि आवश्यक पछि आवश्यक निर्णय गरेर बैठक सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।
शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदन र विधान तथा संगठन कार्यदलले पेस गरेका दुई प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।
केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।