राजन भट्टराईले भने, सरकार यति गैरजिम्मेवार बन्न मिल्छ ?

351

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् ।

पूर्वपरराष्ट्र मामिला सल्लाहकारसमेत रहेको डा.भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

उनले अन्य मुलुकले अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन थालिसक्दा पनि नेपाल सरकारले अहिलेसम्म कुनै पहल नगरेर गैरजिम्मेवार बनेको आरोप लगाए ।

“संसद्‌मा विपक्षीका तर्फबाट विषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके,” भट्टराईले भने,“तर, पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन । लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?”

 

 

Share This:
सम्बन्धित खबर
Loading...