शेखर कोइरालाले भने : विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य हुँदैन

186

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य नहुने बताएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन् ।

“अहिले केही पदाधिकारी एवम् जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ–दुई वर्ष थप्ने कुरा सुनिँदै छ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्,” उनले भने,“पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य हुँदैन ।”

नेता कोइरालाले पार्टीका जिम्मेवार नेताहरुबाटै वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर अझै डेढ–दुई वर्ष लम्ब्याउने कुरा सुनिएको भन्दै विशेष महाधिवेशन र म्याद थप स्वीकार्य नहुने स्पष्ट पारे ।

“क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान नभइ महाधिवेशन हुनै सक्दैन । पटक–पटक हामीले कार्यतालिका बनायौँ । तर, क्रियाशील सदस्यको विवादले कार्यतालिका प्रभावित भयो,” उनले भने,“यो पटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यको समस्या टुंग्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...