‘अघिल्लो सरकारले हनुमान मात्र देख्यो, यो सरकारले कुलमान’

314

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद् गजेन्द्र महतले सरकारहरुले कुलमान र हनुमान मात्र देखेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने,“पुरानो सरकारले हनुमान मात्र देख्यो । अहिलेको सरकारले कुलमान मात्र देख्यो ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा हनुमानले समाप्त पारेको उनले आरोप लगाए ।

“पाँच महिनाको तलब एकैपटक खाएर कर्णाली सकेका छन्,” उनले भने,“कुलमान बुढा भएपछि के गर्छ सरकारले ? अरु निकायहरु डुबेका छन् । त्यसमा पनि ध्यान दिन जरुरी छ ।”

Share This:
सम्बन्धित खबर
Loading...