काठमाडौं । राष्ट्रिसभाका सांसद् रामनारायण बिडारीले एमसीसी संसद्बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै सत्ता साझेदा नेकपा (माओवादी केन्द्र)का सांसद् बिडारीले एमसीसीलाई संसद्बाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी गरेका हुन् । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ ? भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए ।
त्यसको जबाफ दिने क्रममा उनले एमसीसी संसद्मा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिए । एमसीसीबारे सभामुखलाई अनावश्यक आञ्छना लगाइएको पनि उनले बताए । उनले भने,“एमसीसी संसद्मा किन ? यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिँ ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुपर्यो नि ।”
उनले थपे, “सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।”