भीम आचार्य भन्छन्– एकता पक्षधरलाई बदनाम गराइयो

398

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरुलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत एकताको कुरा गर्नेहरुमाथि ‘आक्रमण’ भइरहेको जिकिर गरे ।

“हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरु भइरहेका छन् । त्यसबाट एकता पक्षधरहरु हतोत्साहित हुनु हुँदैन,” आचार्यले भने ।

उनले पार्टीमा एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरु कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयहरुमा हाल पनि प्रकट भइरहेको र अर्कोतिर त्यो प्रवृत्तिको विरोध पार्टी एकताको झन्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षमा काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा रहेको आशंका पनि गरेका छन् ।

उनले गएको असार २७ गते कार्यदलका भएको १० बुँदे सहमति सम्मानजनक एकताको आधार रहेको भन्दै त्यसमा नै टेकेर समस्याको हल गर्दै जानुपर्ने पनि बताएका छन् ।

भीम आचार्यको ८ बुँदे अपिल
१) एकातिर गत फागुन २८ गते बाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरु कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयहरुमा हालसम्म पनि प्रकट भैरहेका छन्।

२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्ष्यका काम, कारबाही, सर्त, माग र गतिविधिहरु विभाजनकै पक्षमा प्रकट भैरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ।

३)पक्ष्य २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

४)दुनियाभरकै प्रतिकृयावादी शक्तिहरु, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्वहरू र राम्रो काम गरेर होइन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धि शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

५) नेकपा एमालेका देश विदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, सुभचिन्तक तथा जनसमुदायहरु नेपालको बामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरु पार्टी बचोस भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भएका छन र विडम्बना उनीहरु नेतृत्वविहिन पनि छन्।

६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो । यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरु हल गर्दै जान सकिन्छ। बिना जालझेल, छलछाम र हिच्किचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

७) हाल पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित÷हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरु भैरहेका छन् । त्यसबाट एकता पक्ष्यधरहरु हतोत्साहित हुनु हुँदैन ।

८) टुटफुट र विभाजनकारी प्रवृत्ति लाई हतोत्साहित गर्दै संगिन घडिमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।

Share This:
सम्बन्धित खबर
Loading...