उपत्यका निषेधाज्ञा भदौ ८ सम्म लम्बाइयो, बेलुका ८ बजेपछि निजी तथा सार्वजनिक सवारी चल्न नपाउने

199

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्बाइएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

नयाँ आदेशअनुसार अत्यावश्यक बाहेकका अन्य निजी एवम् सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भएको छ । ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउनेछैनन् ।

स्थानीय ढुवानी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय समेत भएको छ ।

साउन २७ गतेसम्म पहिलेकै निषेधाज्ञा कायम छ भने नयाँ आदेशहरु साउन २८ गतेदेखि लागु हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...