प्रचण्डलाई ओलीको जबाफ : एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्

217

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पुनःस्थापित संसद् पहिलो बैठकमा माओवादी केन्द्रका अध्यक्ष दिएको अभिव्यक्तिको संसद्‌बाट जबाफ दिएका छन् ।

मंगलबार संसद्लाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता ओलीले ‘माओवादी आगो हो’ भनेर प्रचण्डले दिएको अभिव्यक्तिको स्मरण गरे । उनले अघि भने,“उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनु हुन्छ ।”

सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उनले अघि भने,“तर एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।” एमाले अध्यक्ष ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...