काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने भएको छ ।
अर्थमन्त्री शर्माले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा देशको आर्थिक स्थितिबारे जानकारी गराउन यथार्थ पत्र सार्वजनिक गर्ने उनको सचिवालयले जनाइको छ ।
अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जनकारी पत्र’ तयार गरिएको छ । अर्थमन्त्री शर्माले सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराएका थिए ।
सामान्यतय नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।
त्यहीअनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रुपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेका हुन् ।