अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज बंगलादेशद्वारा ४–१ले कब्जा

458

काठमाडौं । अन्तिम टी–२० क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै बंगलादेशले सिरिज ४–१ ले जितेको छ । सोमबार भएको खेलमा अष्ट्रेलियामाथि बंगलादेशले ६० रनको विशाल जित हात पारेको हो ।

अष्ट्रेलियाले टी–२० क्रिकेटमा सबैभन्दा कम स्कोरको खराब रेकर्ड बनायो । अष्ट्रेलिया मात्र ६२ रनमा समेटियो ।

१ सय २३ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १३.४ ओभरमा मात्र ६२ रन बनाउन सक्यो । अष्ट्रेलियाका म्याथू वेडले २२ र बेन म्याकडर्मोटले १७ रन जोड््नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका साकिब अल हसनले ४, मोहम्मद साइफुदिनले ३, नसुम अहमदले २ तथा महमुदुल्लाहले १ विकेट लिए ।

यसअघि शेर बंगला नेसनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

बंगलादेशका मोहम्मद नैमले २३, महमुदुल्लाहले १९, सौम्य सरकारले १६ तथा मेहिदी हसनले १३ रनको योगदान दिए ।

जितसँगै बंगलादेशले ५ खेलकाे टी–२० सिरिज ४–१ ले जितेकाे छ । यसअघि भएकाे चाैथाे खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएकाे थियाे भने बाँकी तीन खेलमा  बंगलादेश २३ रन, ५ विकेट र १० रनले विजयी भएकाे थियाे ।

Share This:
सम्बन्धित खबर
Loading...