निर्वाचन आयोगमा जसपाको विवरण अध्यावधिक : महन्थ ठाकुर अध्यक्षबाट आउट

223

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवरण अध्यावधिक गरेको छ । जसपा विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएसँगै २५ जनाको कार्यकरिणी सदस्यसहितको विवरण अयोगलाई उपलब्ध गराएको थियो ।

एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्ने गरी जसपाले आयोगलाई पठाएको पत्रअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

योसँगै अब जसपामा उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् भने महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ ।

गत साउन ११ मा आयोगले ‘हेड काउन्ट’ गर्दा महन्थ ठाकुरसहित १६ जनाले विपक्षमा मतदान गरेका थिए । उनीहरुको नाम कार्यकारिणी समितिबाट हटाइएको जसपाले जनाएको छ । त्यतिबेला यादव पक्षमा ३४ जनाले सनाखत गरेका थिए भने तटस्थ बसेका रेशम चौधरी पछि यादव पक्षतिर खुलेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...