पौडेलले बोलाए आफूनिकट केन्द्रीय समिति सदस्यहरुको भेला

364

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

सोमबार अपरान्ह ३ बजे महामन्त्री शशांंक कोइरालाको निवास महाराजगञ्जमा बस्ने गरी भेला बोलाइएको हो ।

महामन्त्री कोइरालाको सचिवाल स्रोतका अनुसार कोइरालाको निवास महाराजगञ्जमा वरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यहरुको भेला भेला महामन्त्री निवासमा राखेका हुन् ।

कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म छ । तर, क्रियाशील सदस्यता विवाद कायमै रहेकाले महाधिवेशन सार्ने चर्चा भइरहेको छ ।

कांग्रेसले साउन २८ मा केन्द्रीय समिति बैठक पनि बोलाएको छ । महाधिवेशन अन्योलमा परेपछि सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न दवाव दिन पौडेलले केन्द्रीय सदस्यहरुको भेला राखेका हुन् । बैठकले आगामी रणनीति पनि तय गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...