तारा श्रीस मगरको स्वरमा ‘आमा’ गीत सार्वजनिक [भिडियो]

774

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल भएकी थिइन् ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहेकी आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो ‘बेष्ट टोन म्युजिक’को युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Share This:
सम्बन्धित खबर
Loading...