खसीको भनी बाख्रीको मासु बिक्री गर्ने चारजना पक्राउ

226

काठमाडौं । कलंकीको खसी बजारबाट प्रहरीले बाख्रीको मासु बिक्री गरेको आरोपमा ४ जनालाई प्रकाउ गरेको छ ।

कालीमाटीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ५ बजे खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार घर भइ हाल कलंकी बस्ने ६७ वर्षीय रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पसलबाट बिक्री गर्न राखिएको १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु प्रहरीले बरामद गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...